close

कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन नाम्खाको पत्र

कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन नाम्खाको पत्र

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको नाम्खा गाउँपालिकाले माथिल्लो भेगमा परेको हिमपातका कारण बिदा बसेका कर्मचारीलाई ३ दिनभित्र काजमा फर्किन पत्राचार गरेको छ ।

 

हिमाली जिल्ला हुम्लाको माथिल्लो भेगमा भारी हिमपातपछि घर बिदा बसेका कर्मचारीलाई कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको पालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताए ।


फागुनदेखि यहाँका विद्यालयमा पठनपाठन सुरु हुने भएकाले नाम्खामा कार्यरत सबै कर्मचारीलाई हाजिर हुन गाउँपालिकाले पत्राचार गरेको हो ।


हुम्लामा हिमपातसँगै चिसो बढेपछि चिसो छल्न जिल्लाबाहिर गएका सबै कर्मचारी पालिकामा नआउँदा सेवाग्रहीलाई समस्या भएको स्थानीय पेमा लामाले बताए । नाम्खामा कार्यरत स्वास्थ्यकर्मी, वडा सचिव, शिक्षकलगायतका कर्मचारी जाडो छल्न तराई झर्ने गरेका छन् ।


जिल्लामा फागुन पहिलो साता नयाँ शैक्षिक सत्र सुरु भई मंसिरमा वार्षिक परीक्षा भएर हिउँदे ३ महिना बिदा हुने गर्थ्याे । यो वर्ष कोरोना र चिसोका कारण विद्यार्थीको पढाइमा बाधा पुगेपछि ३ दिनभित्र सबै कर्मचारीलाई हाजिर हुन पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तामाङले बताए ।