close

मुसीकोटका स्वास्थ्य संस्थाका कर्मचारीलाई तालिम

मुसीकोटका स्वास्थ्य संस्थाका कर्मचारीलाई तालिम

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई दुईदिने तालिम दिइएको छ ।


मुसीकोट नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य शाखा वामीटक्सारको आयोजनामा ५ फागुन २०७७ देखि तालिम सञ्चालन गरिएको थियो ।


मुसीकोट नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य इकाइ, सामुदायिक हेल्थ इकाइ, सहरी स्वास्थ्य इकाइका प्रमुखलाई तालिम दिइएको हो ।

 

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा तालिम संयोजक डीबी जिसीले तालिमले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवाको तथ्यांक व्यवस्थित रूपमा राख्न सघाउने बताए । 

 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथ्यांक अधिकृत तथा प्रमुख प्रशिक्षक टुकप्रसाद पोखरेलले तालिम आयोजना गरेकामा नगरपालिका धन्यवाद दिँदै स्वास्थ्यको सूचकमा यसले यथार्थ डाटाका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

समापन अवसरमा नगरपालिकाको वडा नम्बर ५ आँपचौर स्वास्थ्य चौकी इन्चार्ज माधव घिमिरेले तालिमका बेला सिकेका विषय सहभागीसमक्ष प्रस्तुत गरेका थिए ।

 

मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको अध्यक्षता रहेको तालिम समापन कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका सुमन सापकोटाले सहजीकरण गरेका थिए भने सञ्चालन नगरपालिकाको स्वास्थ्य शाखा उपसंयोजक पुष्कर गौतमले गरेका थिए ।