close

वडा कार्यालय हाजिर भए वडा सचिव 

वडा कार्यालय हाजिर भए वडा सचिव 

Trulli
ADVERTISEMENT

मोरङ- १ महिनादेखि सचिवविहीन बनेको मोरङको सुन्दरहरैचा नगरपालिकाले बिहीबारबाट वडा सचिव पाएको छ । नगरपालिकाको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा अनिल पोख्रेललाई वडा सचिवमा पठाइएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

 

उक्त कार्यालयमा वडा सचिव नहुँदा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मले समस्या भोग्नुपरेको थियो । वडा सचिव नहँुदा योजनाका काम, पञ्जीकरणसमेत रोकिएका थिए । 

 

जन्मदर्ता, मृत्युदर्ता, सम्बन्ध विच्छेद, विवाह दर्ता, योजना सम्झौता तथा भुक्तानीका काम रोकिएका थिए । लामो समयदेखि वडा कार्यालय सचिवविहीन हुँदा सेवाग्राहीलाई सास्ती भएको समाचार पालिका खबरमा प्रकाशित भएपछि नगरपालिकाले प्रशासन फाँटका कर्मचारीलाई वडामा खटाएको हो ।

 

जनतासँग प्रत्यक्ष जोडिएका सरकारी कार्यालयबाटै सेवा लिन महिनौँ पर्खनुपर्दा सेवाग्राही मारमा पर्ने गरेका छन् ।