close

तपाईंलाई कुनै समस्या पर्‍यो ? अब आफ्ना जनप्रतिनिधिलाई सीधै फोन गर्नुस्

जनप्रतिनिधिलाई जनतासँग नजिक्याउन सिरिजंघाको वडागत फोन नम्बर

तपाईंलाई कुनै समस्या पर्‍यो ? अब आफ्ना जनप्रतिनिधिलाई सीधै फोन गर्नुस्

जनप्रतिनिधिलाई जनतासँग नजिक्याउन सिरिजंघाको वडागत फोन नम्बर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सेवाग्राहीलाई जनप्रतिनिधिसँग सम्पर्क गर्न सहज बनाउने उद्देश्यले ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पालिकाभित्रका ८ वटै वडाका वडाध्यक्षहरूले प्रयोग गर्ने मोबाइल नम्बर सार्वजनिक गरेको छ । 


वडा नम्बर १ देखि ८ सम्मका सबै वडाध्यक्षहरूले प्रयोग गर्ने‘ अफिसियल नम्बर’ सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । 

 

उनका अनुसार सम्बन्धित वडाबाट सार्वजनिक सेवा लिने सेवाग्राहीको सहजता र वडाहरूको कार्यालयगत नम्बरमा एकरुपता कायम गर्ने उद्देश्यले गाउँपालिकाले वडागत नम्बर उपलब्ध गराएको हो ।

 

वडा नम्बर १ का वडाध्यक्षले प्रयोग गर्ने कार्यालयगत नम्बर ९८५२६६१००१ देखि सुरु भएको छ भने वडा नम्बर २ देखि वडा नम्बर ८ सम्मका वडाध्यक्षले प्रयोग गर्ने नम्बर क्रमशः ९८५२६६१००२ देखि ९८५२६६१००८ सम्म कायम गरिएको गाउँपालिकाले बताएको छ ।

 

यसअघि गाउँपालिकाले पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने कार्यालयगत मोबाइल नम्बरसमेत सार्वजनिक गरेको थियो ।

 

अहिले सिरिजंघा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले ९८५२६६०३३१ र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले ९८५२६६०३३२ नम्बर प्रयोग गर्दै आएका छन् । उपाध्यक्ष ज्ञानमाया चौहानको समेत कार्यालयगत मोबाइल नम्बर प्रयोगमा रहेको गाउँपालिकाको भनाइ छ ।