close

लमजुङमा लम्बियो निषेधाज्ञा 

लमजुङमा लम्बियो निषेधाज्ञा 

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङमा २० जेठसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोभिड-१९ संक्रमण बढ्दै गएपछि निषेधाज्ञा थपिएको हो । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार पछिल्लो दिनमा तीव्र रूपमा संक्रमण फैलिएको अवस्थालाई दृष्टिगत गरेर निषेधाज्ञा अवधि थपिएको हो ।


लमजुङमा यसअघि २ जेठमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले ३ देखि १० जेठसम्म निषेधाज्ञा गरेको थियो । ९ जेठ आइतबार बसेको जिल्ला कोभिड- १९ संक्रमण व्यवस्थापन समितिको बैठकले पुनः १० देखि २० जेठसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

 

जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३), संक्रामक रोग ऐन, २०२० को दफा २ र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिमको अधिकार प्रयोग गरी प्रजिअ लइँटेलले निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

 

निषेधाज्ञाको समय औषधोपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य काम गर्नेबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन पाइने छैन ।


एम्बुलेन्स, विरामी बोकेका गाडी, निर्माण सामग्री ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमतिप्राप्त साधनबाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधनसमेत सञ्चालन गर्न पाइने छैन ।