close

काेराेना त्रास: पालिकाकाे सेवा अब बार अनुसार

काेराेना त्रास: पालिकाकाे सेवा अब बार अनुसार

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- कोरोना संक्रमणको भयबाट बच्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वडागत रूपमा सेवा प्रवाह गर्ने दिन तोकेको छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार प्रत्येक साताको आइतबार वडा नम्बर १ कालिखोला र वडा नम्बर २ सादेवाका बासिन्दालाई सेवा प्रवाह गरिनेछ । 

 

यस्तै, प्रत्येक सोमबार वडा नम्बर ७ सुरुम्खिम, मंगलबार वडा नम्बर ६ मेहेले, बुधवार वडा नम्बर ३ आङ्खोप, बिहीबार वडा नम्बर ५ लिम्बूदिन र शुक्रबार वडा नम्बर ४ साब्लाखुका सेवाग्राहीलाई सेवा दिइने गाउँपालिकाले जनाएको छ ।

 

सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्न तथा कार्यालय परिसरमा राखिएको साबुनपानीले हात धोएर मात्र सेवा वितरण कक्षमा प्रवेश गर्नसमेत गाउँपालिकाले आग्रह गरेको छ ।