close

बागलुङमा निषेधाज्ञा बढाइयो 

बागलुङमा निषेधाज्ञा बढाइयो 

Trulli
ADVERTISEMENT

बागलुङ- कोरोनाका सक्रिय संक्रमित २ सयभन्दा कम नभएसम्म निषेधाज्ञा लगाउन पाउने अधिकार प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा थपेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसपछि जिल्ला प्रशासन कार्यालय बागलुङले २४ असारसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।

 

जिल्लामा कोरोना संक्रमितको संख्या नघटेकाले निषेधाज्ञा लम्ब्याउनु परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए । ‘हाल लगाइएका सबै प्रावधान यथावतै राखेर निषेधाज्ञा थपिएको हो’ उनले भने, ‘सहज वातावरण नभएसम्म खोल्दा झन् संक्रमण बढ्ने देखियो ।’

 

अहिले थप भएको समयमा पुरानै सुविधालाई निरन्तरता दिइएको हो । बागलुङ नगरपालिकाले बिहानको बजार खुल्ने समय एक घन्टा थप्न सिफारिस गरे पनि जिल्ला कोभिड संकट व्यवस्थापन समिति र प्रशासनले थप्न नचाहेका हुन् । 

 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले भने बिहान १० देखि २ बजे खोल्नु पाउनुपर्ने माग गरेका थिए । बिहान ९ बजेदेखि १२ बजेसम्म खोल्दा खाना खाने समय नमिलेको तथा उपभोक्ता र कर्मचारीमा समस्या परेको उनीहरुको भनाइ थियो ।


 
निषेधाज्ञाअनुसार बैँक तथा वित्तीय संस्था दैनिक ९ देखि देखि १२ बजेसम्म खुल्नेछन् । निजी सवारी साधन जोरबिजोर चल्न पाउने, रेस्टुराँले होम डेलिभरी गर्न पाउने र अन्य व्यापार व्यवसाय पनि बिहान ७ देखि १२ बजेसम्म खोल्न पाउने व्यवस्था गरिएको हो ।


अत्यावश्यक सेवाका यातायातका साधन, खाद्यान्न ढुवानी, पानी, दूध र तरकारीको ढुवानी निर्वाध चल्ने पाउने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले बताए ।