close

मुगुमा लम्बियो निषेधाज्ञा

मुगुमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

मुगु- कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन मुगुमा २३ असारसम्म निषेधाज्ञा थपिएको छ । पछिल्लो समय कोरोना संक्रमित बढेसँगै जोखिम निम्त्याउने आशंकामा मुगु प्रशासनले पुनः साता दिन निषेधाज्ञा थपेको हो । 


जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिमुगुको बैठकले २० वैशाखको सिफारिसअनुसार २३ असारम्म निषेधाज्ञा थपेको हो ।


निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति–सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधीपसललगायत भने सञ्चालन हुनेछन् । 


अत्यावश्यकबाहेकका पसल बिहान ९ देखि बेलुका ४ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए।


कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः निषेधाज्ञा थप्नुपरेको मुगु प्रशासनले जनाएको छ । जिल्लामा हवाई जहाज वा अन्य साधनबाट आउजाउ गर्दा अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।