close

घटना दर्ता शिविर चलाउँदै मिक्वाखोला 

घटना दर्ता शिविर चलाउँदै मिक्वाखोला 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकाका सबै वडामा पुगेर घटना दर्ता शिविर सञ्चालन गर्न थालेको छ ।

 

मिक्वाखोला गाउँपालिका वडा नम्बर २ खोक्लिङमा १८ असारबाट १० जना जनशक्ति प्रयोग गरेर ६ दिनसम्म दर्ता शिविर सञ्चालन गरिनेछ ।

 

यस्तै, १९ असारबाट वडा नम्बर १ खोक्लिङमा १५ जना जनशक्तिमार्फत ६ दिन लगाएर व्यक्तिगत घटना दर्ता गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिए ।

 

२१ असारबाट वडा नम्बर ५ पापुङमा दर्ता शिविर सञ्चालन गरिनेछ । १५ जना जनशक्तिले ४ कार्यदिन खर्चिएर व्यक्तिगत घटना दर्ता गर्नेछन् ।


वडा नम्बर ४ साँवामा २२ असारबाट सञ्चालन हुने घटना दर्ता शिविरमा १३ जना जनशक्तिले ५ कार्यदिन खर्चिएर सो कार्य पूरा गर्ने गाउँपालिकाले जनाएको छ ।

 

२३ असारबाट सुरु गरिने वडा नम्बर ३ लिवाङमा ११ जना जनशक्ति घटना दर्तामा संलग्न हुनेछन् । तिनले गर्ने कार्यदिन ४ दिनको हुनेछ । 

 

पालिकाले कुल १ हजार ९ सय ९० जनाको विवरण दर्ता गर्ने अनुमान गरी कार्य अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।