close

पुतलीबजारका १४ कर्मचारीको बढुवा, २९ को ग्रेड वृद्धि

पुतलीबजारका १४ कर्मचारीको बढुवा, २९ को ग्रेड वृद्धि

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको पुतलीबजार नगरपालिकाका स्थानीय तहका ४३ मध्य १४ कर्मचारीकोे बढुवा भएको छ भने २९ जनाको ग्रेड वृद्धि भएको छ । पालिकाको सम्पन्न नवौँ सभाले पारित गरेको कर्मचारी व्यवस्थापन ऐन, २०७८ मा भएको व्यवस्थाअनुसार कर्मचारीको बढुवा र ग्रेड वृद्धि गरेको हो । 


बढुवा हुनेहरूमा आठौँ र सातौँ तहमा १/१ जना, छैटौं तहमा ३ जना र पाचौँ तहमा ९ जना कर्मचारीको बढुवा भएको छ । यसरी बढुवा हुने कर्मचारीमध्ये आठौँ तहमा ताराचन्द्र ढकाल, सातौँ तहमा कपिल गिरी, छौटौँमा अरुण पौडेल, मनि राना र पोमनारायण पराजुली रहेका छन् ।


त्यसैगरी पाँचौँ तहमा बढुवा हुनेहरूमा राजेश पुरी, नरबहादुर पराजुली, दीपकजंग केसी, चन्द्रबहादुर कार्की, हरिलाल ढकाल, हिमकान्त रेग्मी, कुलप्रसाद मरासिनी, राजु रेग्मी र यमबहादुर मल्ल रहेका छन् । पाँचौँ तहमा बढुवा हुनेहरू पुरी र पराजुलीबाहेक अरू वडा कार्यालयका कर्मचारी हुन् ।


पालिकाले सात वर्षदेखि अधिकतम १५ वर्षसम्म सेवावधि पुगेका कर्मचारीको बढुवा गरेको छ । लामो समयसम्म कार्यरत भई बढुवा हुन नसकेका कर्मचारीको पनि ग्रेड वृद्धि गरेको हो । 


बढुवा हुने र ग्रेड वृद्धि भएका कर्मचारीलाई पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बधाई दिइन् । नगरप्रमुख क्षेत्रीले कर्मचारीले नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गरे मात्र नतिजा हात लाग्ने बताइन् ।