close

ताप्लेजुङमा लम्बियो निषेधाज्ञा

ताप्लेजुङमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जिल्ला प्रशान कार्यालय ताप्लेजुङले निषेधाज्ञाको अवधि ३१ असारसम्म थपेको छ । सोमबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले अन्तरजिल्ला र अन्तरपालिकाबाट हुने आवागमनमा थप कडाइ गर्दै साविककै सर्त र मापदण्डमा निषेधाज्ञाको अवधि थप गर्ने निर्णय लिएको हो । 


प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार अब ३१ असारसम्म साविकझैं फुङ्लिङका बजार पसल दिउँसो १ बजेसम्म खुला हुनेछन् ।


भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर बेलुकी ५ बजेसम्म बजार पसल खुल्ला गर्ने प्रशासनको प्रस्तावमा वाणिज्य संघकै पदाधिकारीले साविककै सर्त र अवधिसम्म मात्र बजार पसल खुला गर्नुपर्ने प्रस्ताव गरेको प्रशासन कार्यालयले जनाएको छ । 


सोही कारण दिउँसो १ पछिको बजार बन्दको पूर्णतया दायित्व वाणिज्य संघलाई नै दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए । ‘उहाँहरू आफैंले नियमन गर्ने र प्रशासनले समन्वय र सहजीकरण कार्य हुनेछ’, प्रजिअ पाण्डेले भने ।