close

सामाजिक भत्ताका लागि बैंक खाता अद्यावधिक नगरे लाभग्राही आफैं जिम्मेवार

सामाजिक भत्ताका लागि बैंक खाता अद्यावधिक नगरे लाभग्राही आफैं जिम्मेवार

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बैंक खाता अद्यावधिक नगरेका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएको अवस्थामा लाभग्राही आफैं जिम्मेवार हुनुपर्ने बताएको छ ।


सामाजिक सुरक्षा भत्ताका सम्बन्धमा लाभग्राहीलाई सूचना जारी गर्दै पालिकाले बैंक खाता अद्यावधिक गर्न बाँकी रहेका लाभग्राहीलाई तत्कालै लक्ष्मी बैंकको सिदिङ्वा शाखा पुगेर खाता अद्यावधिक गर्न भनेको छ । 


चालू आर्थिक बर्ष २०७८/७९ को सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको तेस्रो चौमासिकबापतको रकम बैंक खातामा निकासा भइसकेकाले गाउँपालिकाले खाता अद्यावधिक गर्न बाँकी रहेकालाई यथाशीघ्र अद्यावधिक गरी प्रक्रियामा जान आग्रह गरिएको छ ।


‘खाता अद्यावधिक नगरेकै कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट वञ्चित भए स्वयं लाभग्राही नै जिम्मेवार र जवाफदेही हुनुपर्नेछ’, प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले भने ।