close

ताला लागेपछि झोलामा नयाँ शहरको कार्यालय 

ताला लागेपछि झोलामा नयाँ शहरको कार्यालय 

Trulli
ADVERTISEMENT

अछाम- अछामको साँफेबगरमा रहेको नयाँ सहरको कार्यालयमा तालाबन्दी गरिएको छ । नयाँ सहर साँफेबगरमा कार्यरत करारका कर्मचारीले करार सम्झौता नवीकरण गर्नुपर्ने भन्दै तालाबन्दी गरेका हुन् ।


७ वर्षदेखि नयाँ सहर साँफेबगरमा काम गर्दै आएका र चैत मसान्तमा करार सकिएपछि नवीकरण नभएपछि कार्यालयमा तालाबन्दी गरिएको कार्यालयका कर्मचारी सब-न्जिनियर एकेन्द्र बुढ्थापाले बताए । 


करार नवीकरण गरिदिन कार्यालय प्रमुख मान परियारसँग पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गरिएको बुढ्थापाले जानकारी दिए ।


कार्यालय प्रमुख परियारले काम परे मात्रै कार्यालयमा बोलाउने र अघिपछि वास्ता नगरी सम्झौता नवीकरणमा कुनै चासो नदेखाएको करारका कर्मचारीको आरोप छ । 


७ वर्षदेखि काम गर्दै आएका कर्मचारीको करार नवीकरण नगरी आफ्नो नजिकका कर्मचारी भर्ना गर्न खोजिएको उनीहरूको दाबी छ । नयाँ सहर आयोजना कार्यालय साँफेबगरमा १३ कर्मचारीको दरबन्दी रहेकामा हाल ६ जना मात्र कर्मचारी छन् ।


झोलामा नयाँ सहरको कार्यालय 

नयाँ सहरको कार्यालय साँफेबगरमा भए पनि सञ्चालन भने झोलामा हुँदै आएको छ । कार्यालय प्रमुख मान परियार अछामको साँफेबगरमा रहेको कार्यालयमा बस्नुपर्ने भए पनि डोटीको दिपायल बस्दै आएका छन् ।


उनले डोटीबाटै कार्यालय सञ्चालन गरिरहेको आरोप लाग्ने गरेको छ । ‘अछाम बस्नुपर्ने कार्यालय प्रमुख डोटी छन्’, एक कर्मचारीले भने, ‘उनले नयाँ सहरको कार्याालय झोलाबाट सञ्चालन गर्दै आएका छन् ।’ 


आर्थिक वर्ष २०७७/७८ मा नयाँ सहरले सञ्चालन गरेका योजना भुक्तानीका लागि आयोजनाका कर्मचारी झोलामा फाइल राखेर दियायल गएर काम गराइरहेका छन् ।