close

कटारी नगरलाई पारदर्शी बनाउन ज्ञापनपत्र 

कटारी नगरलाई पारदर्शी बनाउन ज्ञापनपत्र 

Trulli
ADVERTISEMENT

उदयपुर (कटारी)– उदयपुरको कटारी नगरपालिकालाई सुशासनसहितको जनउत्तरदायी नगर बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
बिहीबार नेकपा माओवादी केन्द्र नगर समिति कटारीले विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।


समितिका अध्यक्ष मनिराज दाहालले नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा नगरपालिकाभित्र भएका गतिविधि गुमराहमा राखिएको र ससर्त, निःसर्त, समपुरकलगायत स्रोत र ऋण लिएको भए पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने, प्रत्येक महिनाको ७ गतेभित्र सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग गरिएको छ ।


प्रत्येक वडामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अधीन रही सार्वजनिक सुनुवाइ हुनुपर्ने, नगरको सेवामा ढिलासुस्ती, सुशासन कायम नभएकाले नगरपालिकाले जवाफ दिनुपर्ने माग राखिएको छ ।


त्यसैगरी नगरपालिकाले खरिद गरेको सामानको मूल्यसूचीसहित सार्वजनिक गर्नुपर्ने, नगरका सबै शाखाको बजेट सार्वजनिक गर्नुपर्ने, कोरोना कोषको बजेट एवं खर्च सार्वजनिक गर्नुपर्ने र नगरका सार्वजनिक जग्गा संरक्षण गर्न सर्वदलीय, सर्वपक्षीय सरोकारवालासहितको सहमति जुटाउन माग राखिएको छ । 


ज्ञापनपत्रमा उल्लिखित माग सम्बोधन नभए संघर्षका कार्यक्र तय गर्न बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ । उक्त अवसरमा नगरप्रमुख श्रेष्ठले छिटोभन्दा छिटो माग सम्बोधन गर्दै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । नगरपालिकामा विधिको शासन, पारदर्शिता जवाफदेही सहभागिता र समावेशी हुन नसकेको ज्ञापनपत्रमा उल्लेख छ ।