close

रूपन्देहीमा लम्बियो निषेधाज्ञा

रूपन्देहीमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर-बिजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बिहीबारको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । 

 

बैठकले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निषेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परीक्षणको दायरा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने निर्णय गरिएको जानकारी दिए । 


कोरोना जोखिम हटिसकेको छैन । त्यसलाई दृष्टिगत गर्दै परीक्षण बढाउने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने निर्णय गर्दै सार्वजनिक सवारी र व्यवसाय सञ्चालनमा यसअघि कायम सीमा सबै हटाइएको छ । 


बैठकले १५ साउनसम्म निषेधाज्ञा थप गरेको छ । मेला तथा भीडभाड हुने खाले कार्यक्रममा भने रोक लगाइएको छ । विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जनाभन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ । 


कार्यालयका प्रवक्तासमेत रहेका पाण्डेले जोखिम बढ्दै गए पुनः कडाइ गर्नुपर्ने भएकाले निषेधाज्ञा पूर्ण रूपमा नहटाइएको बताए ।