close

संस्थागत क्षमता स्व-मूल्यांकनमा फुङ्लिङ पहिलो

संस्थागत क्षमता स्व-मूल्यांकनमा फुङ्लिङ पहिलो

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङका ९ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकनमा फुङ्लिङ नगरपालिकाले उच्च अंक पाएको छ । उसले ५७.५ अंक पाएको छ । सिरिजंगा गाउँपालिकाले ५५.७५ अंकसहित पालिकाभित्र पहिलो र समग्रमा दोस्रो बढी अंक पाएको छ । 


मेरिङ्देन गाउँपालिकाले ५०.७५ अंक पाएको छ । फक्ताङ्लुङ गाउँपालिकाले ४४ अंक प्राप्त गर्दा पाथीभरा याङ्बरक गाउँपालिकाले ४२.७५ अंक प्राप्त गरेको छ । मैवाखोला गाउँपालिकाले ३३.५ र आठराई त्रिवेणी गाउँपालिकाले ३२.५ अंक पाएका छन् । सिदिङ्वा गाउँपालिकाले ३१.७५ अंक पाएको छ ।  ताप्लेजुङका स्थानीय तहमा सबैभन्दा कम अंक मिक्वाखोलाले पाएको छ । उसले २३ अंक प्राप्त गरेको छ ।


प्रशासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण र सहकार्य तथा समन्वय गरी कुल १ सय पूर्णांकमा स्थानीय तहले उल्लिखित बिषयमा आफ्नो अवस्थाको आफैं मूल्यांकन गरी अंक पठाएका थिए । 


७५३ स्थानीय तहमध्ये अहिले ४ सय ८१ स्थानीय तहको संस्थागत क्षमता स्व-मूल्यांकन नतिजा प्रकाशन गरिएको हो ।