close

परिचयपत्र नवीकरण नगरे सामाजिक सुरक्षा भत्ताबाट वञ्चित 

परिचयपत्र नवीकरण नगरे सामाजिक सुरक्षा भत्ताबाट वञ्चित 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले परिचयपत्र नवीकरण नगरे चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् ।   पालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले तोकिएको ढाँचा/फारममा निवेदन दिई साउन मसान्तसम्म सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न परिपत्र गरेको हो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले साउनभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण नगरे चालू आर्थिक वर्ष २०७८/०७९ को सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नसकिने जनाएका छन् । परिचयपत्र नवीकरणका लागि बालबालिकाबाहेक सबै लाभग्राहीले १ प्रति पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि राख्नुपर्नेछ ।


यस्तै, ६० वर्षभन्दा माथिको एकल महिलाको हकमा वडा कार्यालयमार्फत अविवाहित प्रमाणीकरणको सिफारिसपत्र र सम्बन्ध विच्छेद भएको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि, ६० वर्षभन्दा माथिका विधवाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि र पूर्ण अपाङ्गता भएका व्यक्तिको हकमा कानुनबमोजिम जारी भएको अपांगता परिचयपत्रको प्रतिलिपि संलग्न हुनुपर्नेसमेत प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जानकारी दिए । उनका अनुसार परिचयपत्र नवीकरणका लागि लाभग्राही आफैं उपस्थित हुनुपर्नेछ ।