close

२८ भदौभित्र सम्पत्ति विवरण बुझाउन पालिकाको निर्देशन 

२८ भदौभित्र सम्पत्ति विवरण बुझाउन पालिकाको निर्देशन 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगा र मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई सार्वजनिक सूचना जारी गरेका छन् । २८ भदौभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ । सम्पूर्ण जनप्रतिनिधिले गाउँ कार्यपालिकाको कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ । 


मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले अस्थायी, करार, राहतमा कार्यरत सबै शिक्षक तथा कर्मचारी, लोकसेवा आयोगकमार्फत सिफारिस भई स्थायी नियुक्ति लिएका कर्मचारी र अन्य सेवाबाट समायोजन भएका कर्मचारीले गाउँ कार्यपालिकाको कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने बताए । 


निजामती कर्मचारी र समायोजन भएका निजामती कर्मचारीले राष्ट्रिय किताब खाना (निजामती) तथा सम्पूर्ण स्थायी शिक्षकले राष्ट्रिय किताब खाना (शिक्षक) मा सम्पत्ति विवरण बुझाइसक्न मिक्वाखोलाले आग्रह गरेको छ । 


सिरिजंगा गाउँपालिकाले २५ भदौभित्रै सम्पत्ति विवरण बुझाइसक्न पालिकाभरिका सरोकारवालालाई सूचित गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिप्रसाद खतिवडाका अनुसार जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अनिवार्य सम्पत्ति विवरण पेस गर्नुपर्नेछ ।


भरिएको विवरण खाममा लगाई खाम बाहिर संकेत नम्बर भए कर्मचारीले सोसहित सेवा÷समूह र श्रेणी÷तह उल्लेख गर्नुपर्नेछ । अन्य सबैले नाम थर, पद÷ दर्जा, कार्यरत निकाय÷कार्यालय, मोबाइल नम्बर र इमेल ठेगाना उल्लेख गर्नुपर्ने दुवैले पालिकाले सूचनामार्फत जानकारी गराएका छन् ।