close

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्नेमा सर्वोच्च अदालतका सह–रजिस्ट्रार विमल पौडेल, सहसचिव डा. किरण रुपाखेती (योजना आयोग), राजेन्द्रकुमार केसी (अख्तियार) र विष्णुदत्त गौतम (सामान्य प्रशासन मन्त्रालय) रहेका छन् । 


यस्तै, स्वास्थ्य सेवा विभागका निर्देशक डा. भीमसिंह तिवारी, उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली (महान्यायाधिवक्ताको कार्यालय), महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायव सुब्बा कमला ढकाल काफ्ले रहेका छन् । 


निजामती सेवा पुुरस्कार पाउने ३० जनामा पर्यटन मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेत, राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव ज्ञानराज सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सहसचिव कोशलचन्द्र सुवेदी, सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मा, अर्थ मन्त्रालयका उपसचिव दिलीपकुमार गौतम, निजामती कर्मचारी अस्पतालका उपसचिव भोलाप्रसाद चापागाईं, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शान्ता नेपाल मरासिनी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव डा. भोजराज शर्मा काफ्ले रहेका छन् ।


यस्तै, निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्ले, संघीय खानेपानी तथा ढल व्यवस्थापन योजना विराटनगरका सिडिई विपुलकुमार लाल दास, लोकसेवा आयोगका उपसचिव सूर्यप्रसाद सापकोटा र भौतिक  पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई केदारप्रसाद नेपाल रहेका छन् ।


नापी कार्यालय ताप्लेजुङका नापी अधिकृत विज्ञान बन्जारा, कृषि विभागका कृषि विकास अधिकृत प्रमिला वाग्ले, गृह मन्त्रालयका शाखा अधिकृत कुलशेखर अर्याल, पहाडी साना किसानका लागि अनुकूलन आयोजना  काठमाडौंका सहायक वन अधिकृत शिला ज्ञवाली, करदाता सेवा कार्यालय दिक्तेल खोटाङका कर अधिकृत सुजितकुमार सिंहले निजामती सेवा पुरस्कार पाएका छन् ।


यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत महेशकुमार लागेजु, कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका लेखा अधिकृत भक्तिप्रसाद भट्टराई, छत्रदेव गाउँपालिका अर्घाखाँचीका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, रक्षा मन्त्रालयका लेखा अधिकृत बिन्ध्या कार्की र संघीय संसद् सचिवालयका कानुन हेर्ने शाखा अधिकृत जलेश्वर रामले निजामती सेवा पुरस्कार पाएका छन् । 

 

यस्तै, जलस्रोत तथा सिचाँइ विभागका इञ्जिनियर जिज्ञासा राई याङ्खुरुङ, कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयका टा.नासु भरतप्रसाद तिमल्सिना, मुद्रण विभागका वरिष्ठ मुद्रण सहायक उत्तम खनाल, राष्ट्रपतिको कार्यालयका कम्युटर अपरेटर खडानन्द पौडेल, उच्च अदालत जनकपुर, अस्थायी इजलास जनकपुरका नायब सुुब्बा केआई सिं गलान निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् ।


यसैगरी जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुब्बा रामनरेश साह, परराष्ट्र मन्त्रालयका कार्यालय सहयोगी अमरसिहं लामा र प्रधानमन्त्री तथा मन्त्रिपषिद् कार्यालयका कार्यालय सहयोगी पूर्णप्रसाद अगस्ती निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् ।