close

पोखरा महानगरका कर्मचारीको झगडा उत्कर्षमा, आर्थिक कारोबार बन्द गरिदिने चेतावनी

पोखरा महानगरका कर्मचारीको झगडा उत्कर्षमा, आर्थिक कारोबार बन्द गरिदिने चेतावनी

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकामा कर्मचारीबीच विवाद चर्किएपछि अवस्था असहज बन्दै गएको छ । महानगरका कानून व्यवसायी कमलप्रसाद आचार्यको तलब बराबरको भुक्तानी लेखा प्रमुखले नगरेपछि विवाद चर्किएको हो ।

 

गत वर्ष महानगरले नियुक्ति गरेका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई दिएको रकमलाई महालेखापरीक्षकको कार्यालयले बेरुजू देखाएको थियो ।  कानून विपरित रकम भुक्तानी गर्न महानगरका वरिष्ठ कानून अधिकृत नारायण शर्माले लेखा शाखा प्रमुख जयराम पौडेललाई दबाब दिएपछि विवाद चर्किएको हो ।  

 

कानून व्यवसायी आचार्यको भुक्तानी नगरेपछि आफुलाई कानून अधिकृत शर्माले मानमर्दन गरेको भन्दै लेखा प्रमुख पौडेलले प्रमुख प्रशासकीय अधिकृत महेश बराल समक्ष सुरक्षा चुनौती देखिएको भन्दै निवेदन दिएका छन् । उता कानून अधिकृत शर्माले पनि सुरक्षा थ्रेट भएको भन्दै लेखा प्रमुखलाई कारवाही गर्न प्रमुख प्रशासकीयलाई निवेदन दिएका छन् । 

 

लेखा कर्मचारीहरूले अवैधानिक भुक्तानी दिन नमानेका कर्मचारीलाई जिम्मेवार व्यक्तिबाट सिध्याइ दिने भन्दै दिएको धम्की प्रति आपत्ति जनाउँदै तत्कालै दोषीलाई कारबाही नगरे पोखरा महानगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने समेत चेतावनी दिएका छन् ।