close

दुई पालिकामा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत 

दुई पालिकामा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको कोटहीमाई गाउँपालिका र गुल्मीको छत्रकोट गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । कोटहीमाईमा गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट सरुवा भई अनन्तपाणि मरासिनी रूपन्देही आएका छन् भने यातायात व्यवस्था कार्यालय सवारीबाट कृष्णप्रसाद पन्थी सरुवा भई छत्रकोट गाउँपालिकामा गएका छन् । 


चन्द्रकोट गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीको बिदाइ गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्री र उपाध्यक्ष राधिका अर्यालले प्रमुख प्रशासकीय अधिकृत मरासिनीको योगदान महत्त्वपूर्ण रहेको बताए ।


छत्रकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई स्वागत गरिएको छ । पालिकामा आयोजित कार्यक्रममा अध्यक्ष मधुकृष्ण पन्त र उपाध्यक्ष नमदा भण्डारीलगायका कर्मचारीले पन्थीलाई स्वागत गरे । दुवै पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा निमित्त प्रमुखले काम गर्दै आएका थिए ।