close

अध्यादेशबाट संघीय निजामती सेवा ऐन ल्याउने तयारी

कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने 

अध्यादेशबाट संघीय निजामती सेवा ऐन ल्याउने तयारी

कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले अध्यादेश मार्फत संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ । ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्ने गरी छलफल भइरहेको बताइएको छ । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्नेमा बहस भएको थियो ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले ऐन जारी भई प्रदेश लोकसेवा आयोग पूर्णरूपमा कार्यान्वयनमा आएपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेशअन्तर्गत रहने बताए ।  संसद्को राज्य व्यवस्था समितिले छलफलको माध्यमबाट अगाडि बढाएको विषयहरूलाई नै अध्यादेशमार्फत ल्याउन लागिएको बताइएको छ ।