close

प्रजिअ र प्रहरी प्रमुखलाई गृह मन्त्रालयको सर्कुलर : एकैसाथ जिल्ला नछाड्नू

प्रजिअ र प्रहरी प्रमुखलाई गृह मन्त्रालयको सर्कुलर : एकैसाथ जिल्ला नछाड्नू

Trulli
ADVERTISEMENT

काठमाडौं– गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ ।गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति–सुरक्षालाई दृष्टिगत गरी एकैचोटि जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए ।

 

गृह मन्त्रालयमा शनिबार नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन अवसरमा गृहमन्त्रीले यस्तो बताएका हुन् । उनले गृह अरू मन्त्रालयजस्तो नभई चौबीसै घन्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्न कर्मचारीलाई आग्रह गरे ।

 

राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेकै राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव उनले दिए । उनले भने, ‘नयाँ चुनौती र दायित्व आउन सक्छन्, सामना गर्न कर्मचारी तयार हुनुपर्छ ।’ 

 

कर्मचारीले नागरिकलाई राम्रो सेवा दिन सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री खाँणले अहिले २ घन्टा लाग्दै आएको कामलाई डेढ घन्टा र ६ घन्टा लाग्दै आएको कामलाई ५ घन्टामा सम्पन्न गर्न सके सेवाग्राहीलाई राहत पुग्ने बताए । उनले मन्त्रालय र मातहतका कार्यालयमा कोही पनि हाकिम कर्मचारी नभई सबै एकै परिवारका सदस्य रहेको जिकिर गरे ।