close

ललितपुरमा अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा अत्यावश्यकबाहेकका सेवा स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं–जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सेवा बिहीबारदेखि स्थगित गर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारी पनि संक्रमित भएपछि प्रशासनले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालका लागि स्थगित गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबारबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ–संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जानकारी दिए । शान्ति–सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित जारी रहने उनले बताए ।