close

कैलाली प्रशासनद्वारा अत्यावश्यकबाहेकका प्रशासनिक सेवा बन्द

कैलाली प्रशासनद्वारा अत्यावश्यकबाहेकका प्रशासनिक सेवा बन्द

Trulli
ADVERTISEMENT

कैलाली– जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यकबाहेकका प्रशासयिनक सेवा बन्द गरेको छ । प्रशासनले सूचना जारी गर्दै कर्मचारीमा कोरोना देखिएका कारण सेवा बन्द गरिएको जनाएको हो । 


प्रशासनद्वारा जारी सूचनामा कार्यालयका केही कर्मचारीमा कोरोना देखिएपछि ९ माघदेखि अर्को सूचना जारी नहुँदासम्म शान्ति–सुरक्षा र मुद्दाबाहेकका सेवा बन्द गरिएको उल्लेख छ । 


प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा अत्यावश्यक सेवाका लागि प्रशासनमा आउँदा पनि स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा २३ कर्मचारीको कोरोना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको थियो । सोही कारण सेवा बन्द गर्नुपरेको प्रशासकीय अधिकृत जोशीले बताए ।