close

पर्सा प्रशासन प्रशासनमा आलोपालो सेवा

पर्सा प्रशासन प्रशासनमा आलोपालो सेवा

Trulli
ADVERTISEMENT

पर्सा– कोभिडको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा सुरु गरेको छ ।


आइतबारदेखि लागू हुने गरी जिल्लाभरिका सबै पालिकालाई सातामा २ दिन तोकिएको समय पर्ने गरी सेवा दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

 

सोहीबमोजिम आइतबार र सोमवार कालिकामाई, ठोरी, पकाहा मैनपुरगाउँ, धोबिनी, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीको कार्य हुनेछ । मंगलबार र बुधबार जगरनाथपुर, बिन्ध्यवासिनी, पोखरिया, पर्सागढी र बहुदरामाई नगरपालिका क्षेत्रको पालो राखिएको छ ।   


बिहीबार र शुक्रबार जिराभवानी तथा सखुवा प्रसौनी गाउँपालिका र वीरगञ्ज महानगरका सेवाग्राहीको काम हुने बताइएको छ । जिल्लामा पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि भीडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर आलोपाले सेवा दिन जिप्रकाले जिल्लास्थित सबै कार्यालयलाई निर्देशन दिएको छ ।


यसैबीच कोभिडको पछिल्लो नयाँ रूप ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रजिअ उमेशकुमार ढकाल आआफैँ  जनचेतनामूलक अभियानमा जुटेका छन् ।


सर्वसाधारणलाई वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डमूलक सन्देश प्रवाह आवश्यक रहेकाले आफंै मास्क वितरणसहित अन्य जनचेतनामूलक अभियानमा जुटेको उनले बताए ।

 

नागरिकमा लापरबाही गर्ने परिपाटीले जोखिम बढ्न सक्ने भएकाले मास्क वितरणसहित अन्य जनचेतना जगाउन प्रजिअ ढकालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख अभियानमा लागेका हुन् । 


जिप्रकाले सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा आयोजना गरेको सचेतनामूलक कार्यक्रमअन्तर्गत एकै दिन करिब ५ हजारलाई निःशुल्क मास्क वितरण गरिएको थियो । यसैबीच जिप्रकाले सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिमाना गर्ने भएको छ ।