close

हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

Trulli
ADVERTISEMENT

बैतडी– लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ ।  बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो ।  यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ ।  

 

अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।   हिमपातका कारण यातायात समेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो ।  

 

शनिबारसम्म मौसममा सुधार नहुने र चिसोसमेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकाहरूलाइ बढी समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ । यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले  चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो ।  हिमपातले  चिसो बढेकाले जनजीवन कष्ठकर बनेको दशरथचन्द नगरपालिका १ मुस्याचौरका महेश भट्टले बताए ।  उनले भने, ‘वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ । बाहिर निस्कनै मुस्किल  भएको छ ।

 

वर्षासँगै हिमपात भएपछि किसानहरु खुशी भएका छन् । हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।  यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र  गत पुसमा पनि हिमपात भएको थियो ।