close

कोल्हवी नगरका वडा सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा

कोल्हवी नगरका वडा सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा

Trulli
ADVERTISEMENT

बारा–बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ का वडा सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा नम्बर ११ मा कार्यरत वडा सचिव विनोदप्रसाद साहविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । 

 

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग वडा सचिव साहले घुस माग गरिरहेको सूचना अख्तियारले पाएको थियो । सूचनाको आधारमा हेटौंडाबाट खटिएको टोलीले विनोदप्रसादलाई ३ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा गत २० माघमा पक्राउ गरेको थियो ।

 

 
अख्तियारले अनुसन्धान गर्दा उनले जग्गा नामसारी सिफारिस गरिदिन ३ हजार ५ सय रुपैयाँ घुस लिएको खुलेको छ । उनीमाथि ३ हजार ५ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजाय मागदाबी गरिएको छ ।