close

न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

Trulli
ADVERTISEMENT

काठमाडौं । न्याय परिषद्को बैठकले घुस लेनदेनमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पादनमा रोक लगाउने निर्णय गरेको छ । 

बुधबार बसेको न्याय परिषद्को बैठकले कोइरालालाई कार्यसम्पादनमा रोक लगाउने निर्णय गरेको हो । 

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस लेनदेनको अडियो सार्वजनिक भएपछि सो छानबिनका लागि राम प्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन भएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् । आजैका मितिदेखि उनले काम गर्न नपाउने भएका हुन् ।