close

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सूचनामार्फत जनाएका छन् ।