close

घूस प्रस्ताव गर्ने अधिवक्ताविरुद्ध स्पष्टीकरण माग

घूस प्रस्ताव गर्ने अधिवक्ताविरुद्ध स्पष्टीकरण माग

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीशलाई घूस प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध नेपाल कानून व्यवसायी परिषदले स्पष्टीकरण माग गरेको छ ।

परिषदले एक सूचना जारी गरी राजकुमार कोइरालालाई घूस प्रस्ताव गर्ने कानुन व्यवसायीविरुद्ध स्पष्टीकरण माग गरेको हो ।  

पोखरेलले न्यायाधीश कोइरालालाई घूस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो । 

‘तपाईं रुद्रप्रसाद पोखेलले कानून व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङसमेत उपर काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरी तपाईं र न्यायाधीशबीच फोन वार्ताको सन्दर्भमा तपाईंलाई कार्वाही हुनु पर्ने हो/होइन ?’ सार्वजनिक सूचनामा भनिएको छ, ‘अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आजका मितिले मितिले ७ दिन भित्र जवाफ पेश गर्नु होला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ ।’