close

मुलुकमा युवाको आवाज बुलन्द हुन थाल्यो : सभामुख

मुलुकमा युवाको आवाज बुलन्द हुन थाल्यो : सभामुख

Trulli
ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा युवाको आवाज बुलन्द हुन थालेको बताएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशमा युवाहरु आफ्नै बलबुतामा भन्दा पनि गुटको बलमा नेतृत्वमा पुग्न र आफ्नो दैनिक सोझ्याउन लागिपरेको भोलिपल्ट एक कार्यक्रमलाई सम्बोधन बालेन साह र हर्क साम्पाङलाई इंगित गर्दै उनले यस्तो बताएका हुन् । 

‘…युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ’ उनले भने ।

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।