close

४० लाखको विपद कोष निर्माण गर्ने गाउँपालिकाको निर्णय

४० लाखको विपद कोष निर्माण गर्ने गाउँपालिकाको निर्णय

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले ४० लाखको विपद कोष निर्माण गर्ने निर्णय गरेको छ ।

मंगलवार बसेको कार्यपालिका बैठकले यसअघि सात लाखको कोषलाइ वृद्धि गरी ४० लाख पुर्याउने निर्णय गरेको हो ।

यस्तै विपदमा परि पूर्ण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने सिफारिस सहित प्रति परिवार १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने पनि निर्णय समेत भएको छ । गाउँपालिकाको वडा नम्बर ५ जुबु र ६ मुक्लीका केही बस्ती जोखिममा छ ।

बैठकले गाउँपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीको करार अवधि ६ महिना थप गर्ने निर्णय समेत गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

बैठकमा गाउँपालिकाको ७ र ८ नम्बर वडालाई लक्षित गरी अस्थायी प्रहरी पोष्ट स्थापनाको लागि अनुरोध गर्ने निर्णय पनि भएको छ ।