close

४६० गाउँपालिकाको सर्भर डाउन

४६० गाउँपालिकाको सर्भर डाउन

Trulli
ADVERTISEMENT

काठमाडौँ । आज बिहान सबै गाउँपालिकाको सर्भर डाउन भएको छ । देशभरका ६ वटा महानगर, ११ उपमहानगर र २७६ वटा नगरपालिकाको वेबसाइट खुल्छ भने सबै गाउँपालिकाको सर्भर डाउन भएको हो । 

देशभर ४६० वटा गाउँपालिका छन् । आइतबार बिहान कुनै पनि गाउँपालिकाको वेबसाइट नखुलेको हो । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आइटी शाखाका एक इन्जिनियरका अनुसार केही प्राविधिक समस्या भएकोले अहिले बनाउने काम भइरहेको छ ।  उनका अनुसार यो सामान्य प्रविधिक समस्या हो ।