close

यस्तो छ भिमसेन थापा गाउँपालिका अध्यक्षको १०० दिनको कार्यप्रगति

यस्तो छ भिमसेन थापा गाउँपालिका अध्यक्षको १०० दिनको कार्यप्रगति

Trulli
ADVERTISEMENT

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले एक सय दिनमा गाउँपालिकामा भएको कार्यप्रगति सार्वजनिक गरेका छन् ।

गाउँपालिका आर्थिक वर्ष २०७९/०८० का लागि ६२ करोड २६ लाख बजेट बिनियोजन गरेको, घरघ-रमा स्वास्थ्यकर्मी परिचालन गरी दुई हजार ६५६ जना जेष्ठ नागरिक तथा अशक्तलाई 'गाउँपालिका अध्यक्ष घरदैलो कार्यक्रम' अन्तरगत सेवा दिएको, ग्रामिण अल्ट्रासाउण्ड मार्फत गर्भवती महिलालाई निशुल्क एक्सरे सुविधा उपलब्ध गराएको उनले बताएका छन् ।

विद्यालयका किशोरीलाई छ हजार ३८५ सेनेटरी प्याड वितरण गरेको, सरस्वती माविमा प्राविधिक शिक्षा पढाईको अनुमती लिन सफल भएको, वडा नम्बर ३ मा रहेको बुढीगण्डकी आश्रममा मासिक स्वास्थ्य सेवा सुरु गरेको, ६८ वर्ष पुगेकालाई स्वास्थ्य बीमामा आवद्ध गराउन बीमा दर्ता सहभागी परिचालन गराएको, मेघा र सांग्रिला बैंकको सहयोगमा वडागत रुपमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अध्यक्ष बञ्जाराले सय दिनको मुख्य उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् ।

अध्यक्ष बञ्जाराले गाउँपालिकाभित्र संचालित एउटा एम्बुलेन्सलाई ‘ख’ बर्गको एम्बुलेन्स बनाउने काम अघि बढेको बताएका छन् । कर्मचारीबीच कार्यसम्पादन करार भएको, घ्याम्पेशालको सव स्टेशन निर्माणको विषयमा भएका समस्या समाधानका लागि पहल गरेको, सीप बिकासका तालिम संचालन गरेको समेत उनले उल्लेख गरे ।

विद्युतीय प्रणालीबाट भुक्तानी थालेको, स्थायी वा अस्थायी रुपमा पालिका भित्र बसोबास गर्दै आएका कोभिड प्रभावित ४५३ परिवारलाई प्रति परिवार १० हजारका दरले रकम उपलब्ध गराएको, पालिकाको केन्द्रमा बाणिज्य बैंकको काउन्टर स्थापन गर्न प्रस्ताव गरेको, बोर्लाङमा बाणिज्य बैंकको काउन्टर माग गरेको, रोटरी क्लबको सहयोगमा ह्विल चियर वितरण गरेको, सडक छेउमा वृक्षारोपण गरिएको अध्यक्ष बञ्जाराले बताए ।

सामाजिक सुरक्षा दर्ता शिविर सञ्चाल, अश्राङ स्वजास्थ्य चौकीलाई १० वेडको अस्पताल बनाउन प्रक्रिया सुरु, हेलो अध्यक्ष प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम सञ्चालन, गुनासो चौतारी कार्यक्रम संचालन, कानुनी तथा आर्थिक विषयको अभिमुखिकरण, शहीद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया, योजना तर्जुमा तथ बिकास निमाणमा सहभागितामुलक छलफल गरेको अध्यक्ष बञ्जाराले बताए ।

३१ जना अपाङ्गता भएकालाई परिचय पत्र, न्यायिक समितिमा आएका तीनवटा उजुरी मध्ये २ फस्र्यौट, शैक्षिक गुणस्तर सुदृढीकरण अनुदान अन्तरगत विद्यालयलाई सहयोग, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयलाई सहयोग, दिवा खाजा व्वस्थापनका लागि कक्षा ६ र ७ लाई टिफिन बक्स उपलब्ध, ११ विद्यालयमा रुम टु रिड को सहयोगमा कार्यक्रम संचालन, २०७९ का लागि शैक्षिक कार्यपात्रो बितरण, स्वास्थ्य संस्थामा कम्प्यूटर सहयोग गरिएको उनले बताए ।

पोसिलो झोला मार्फत पोषण सामग्री बितरण सुरु गरिएको, तीन हजार नौ सय ८५ लाभग्राही सामाजिक सुरक्षामा आवद्ध गराइएको, प्रदेश मार्फत माग गरिएका योजनालाई पनि गाउँपालिकाले एक सय दिनको उपलब्धीमा समेटेको छ ।

उपभोक्ता समितिलाई अभिमुखिकरण, प्रधानमन्त्री स्वरोजगारका कार्यक्रम पाँचवटा आयोजना संचालन, स्वरोजगार कार्यक्रम ७७ जनालाई रोजगारी उपलब्ध गराइएको, स्मार्ट गाउँपालिका बनाउन, सफट्वेयर निर्माण गर्न अभिमुखिकरण संचालन गरिएको, कर्मचारी संगठन तथा ब्यवस्थापन, भिमसेन थापाको दुई सय ४८ औँ जन्मजयन्तीको आयोजना गरिएको, भूमिहीन दलित र सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत संकलन गरिएको अध्यक्ष बञ्जाराले आफ्नो सयदिने कामको बिवरणमा उल्लेख गरेका छन् ।

गाउँपालिकाको प्रमुख प्रशासकीय भवन तीन करोड ४० लाखमा ठेक्का भएर २५ प्रतिशत काम पूरा भएकोदेखि खानेपानी, स्वास्थ्य संस्थाको भवन निर्माणका अन्य बिकासे योजनाहरुको बिवरण पनि उनले समेटेका छन् ।