close

सप्तरीको बिष्णुपुर गापाकाे अधिकृतमा रमेश यादव

सप्तरीको बिष्णुपुर गापाकाे अधिकृतमा रमेश यादव

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाको कार्यालयमा   प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव हाजिर भएका छन् । 

गाउँ कार्यपालिकाको कार्यालयद्वारा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई स्वागत तथा सम्मान गर्दै हाजिरी गराएको हो । गाउँपालिकाको अध्यक्ष उमेश प्रसाद यादव सहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई कार्यालयमा खादा, टिकाले स्वागत गरेका छन् ।

सो अवसरमा गाउँपालिका अध्यक्ष यादवसहित नवनिर्वाचित जनप्रतिनिधि तथा गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

अधिकृत यादव विगत ४-५ वर्षदेखि सप्तरी जिल्लाको विभिन्न स्थानीय तहमा कार्यरत रहेका थिए ।

यसअघि अधिकृत यादव सप्तरीको छिन्नमस्ता गाउँपालिका, तिरहुत गाउँपालिका र राजगढ गाउँपालिकामा रहि प्रशासन सम्हाली सकेका छन् ।