close

कर बुझाउन क्यासिनोलाई काठमाडौं महानगरको अल्टिमेटम

कर बुझाउन क्यासिनोलाई काठमाडौं महानगरको अल्टिमेटम

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सात वटा क्यासिनोलाई सात दिन भित्र कर तिर्न म्याद दिएको छ ।

पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न भनेको हो ।

पटक पटक कर बुझाउन ताकेता गरिए पनि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्‍याडिसन होटलको क्यासिनो र्‍याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले नबुझाएको भन्दै सात दिनभित्र कर बुझाउन म्याद दिइएको हो ।

महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५/०७६ देखि कर नबुझाएकाले उनीहरुलाई एक साताभित्र कर बुझाउन ताकेता गरिएको महानगरले जनाएको छ ।

सात दिनभित्र नतिरे महानगरपालिका राजस्व ऐन, २०७५ अनुसार कारबाही हुने महानगरपालिकाका राजस्व विभागका निर्देशक डा शिवराज अधिकारीले जानकारी दिए । 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका प्रेमबहादुर आलेले पनि कर नबुझाउने एक दर्जन क्यासिनोको लाइसेन्स खारेज गरेका थिए भने केही क्यासिनोबाट सरकारले पाउनुपर्ने राजस्वबापत कम्तीमा पनि रु एक करोडभन्दा बढी रकम सरकारका खातामा असुल गराएका थिए ।