close

पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृतलाई उत्कृष्ट निजामति सेवा पुरस्कार

पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृतलाई उत्कृष्ट निजामति सेवा पुरस्कार

Trulli
ADVERTISEMENT

धनकुटा । पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज पौडेलले उत्कृष्ट निजामति सेवा पुरस्कार पाएका छन् । 

यसवर्ष उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने स्थानीय तहका कर्मचारीमा पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलमात्र बन्न सफल भएका हुन् ।  

नेपाल सरकारले आज परेको निजामति कर्मचारि दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो । मन्त्रिपरिषदले १९औं निजामति कर्मचारी दिवसको अवसरमा २१ गते ३० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार दिने निर्णय गरेको थियो ।