close

कर्मचारीलाई सेवा प्रवाह गर्न सिकाउँदै बागमती सरकार

कर्मचारीलाई सेवा प्रवाह गर्न सिकाउँदै बागमती सरकार

Trulli
ADVERTISEMENT

ललितपुर - बागमती प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई सार्वजनिक प्रशासन र विकास व्यवस्थापन तथा सेवा प्रवाह तालिम सुरु गरिएकाे छ। बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रदेश सुशासन केन्द्र जावलाखेलको आयोजनामा सो तालिम सुरु भएको होे । 

केन्द्रका अनुसार प्रदेश सरकार र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका ६५ जना कर्मचारीलाई तालिम सुरु भएको हो । बागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्यायले केन्द्रको तालिम हलमा सो तालिमको उद्घाटन गरेका थिए । आगामी ३५ दिनसम्म साे तालिम सञ्चालन हुने केन्द्रका निर्देशक किरण थापाले पालिकाखबरलाई बताए । 

तालिममा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत छैठौं तहका प्राविधिक तथा अप्राविधिक अधिकृतहरूको सहभागिता रहने केन्द्रले जनाइएको छ । 

त्यस्तै, केन्द्रको आयोजनामा  बागमति प्रदेशमा पर्ने स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका अधिकृतहरूका लागि  विकास व्यवस्थापन तथा सेवा प्रवाह विषयमा तालिम सुरु गरिएको छ । केन्द्रको जावलाखेलस्थित तालिम हलमा बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव शिवराम गेलालले सो तालिमको उद्घाटन गरेको केन्द्रका निर्देशक थापाले जानकारी दिए । 

केन्द्रका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेले सुशासन, विकास र सेवा प्रवाहका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभव अभिवृद्धिका लागि सेवाकालीन तालिम उपयोगी हुने बताए। दुवै सेवाकालीन तालिम असोजको दोस्रो हप्ता समापन हुने केन्द्रले जनाएको छ ।