close

२९ स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हेरफेर

२९ स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हेरफेर

Trulli
ADVERTISEMENT

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिव र ४० अधिकृतको सरुवा गरेको छ । उनीहरूको सुरुवा गर्दा २९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका मन्त्रलयले जनाएको छ । 

मन्त्रालयकाअनुसार सर्लाहीको ईश्वरपुर नगरपालिकाका हिराकाजी श्रेष्ठलाई सिरहाको सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ ।

कमलबहादुर कार्कीलाई जिल्ला समन्वय समिति धनुषाबाट ईश्वरपुर नगरपालिका सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ । सिरहाकै सखीपुर नगरपालिकाका प्रमुश प्रशासकीय अधिकृत सत्य नारायण साहलाई रामगोपालपुर नगरपालिका महोत्तरीमा पठाइएको छ ।

भूमिकास्थान नगरपालिका महोत्तरीबाट बाबुराम पौडेललाई कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा गरिएको छ । रामगोपालपुर नगरपालिकाका विनोदकुमार मण्डल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

लमजुङको बेशीशहर नगरपालिकाका गोकर्णराज सुयल गृह मन्त्रालयमा आएका छन् । सिरहा नगरपालिका रिाहबाट दिलिपकुमार यादवलाई हरिपूर्वा नगरपालिका सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ । रामविनय कुमार (सिंह)लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बेंसिशहर नगरपालिकाका गोकर्णराज सुयलको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी जिल्ला समन्वय समिति (जिसस) डोटीबाट भुवनेश्वर लामिछाने जिल्ला समन्वय अधिकारीकै रुपमा रामेछाप सरुवा भएका छन् । जिसस रोल्पाबाट ऋषिराम केसी दाङको घोराही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । कोशीको मुख्यमन्त्रीको कार्यालयका उपसचिव केशवप्रसाद अर्याललाई मोरङको जिल्ला समन्वय अधिकारी बनाइएको छ ।

नुवाकाटेको विदुर नगरपालिकाबाट विनोदकुमार खनालको सरुवा मुख्यमन्त्रीको कार्यालय लुम्बिनीमा भएको छ । ऋद्धिप्रकाश सिटौलाले नुवाकाटेको विदुर नगरपालिकामा जिम्मेवारी पाएका छन् । लुम्बनाथ पोखरेललाई सिन्धुलीको जिल्ला समन्वय अधिकारीको जिम्मेवारी दिइएको छ ।

उर्मिला काफ्लेलाई संघीय मामिला मन्त्रालयको अतिरिक्तमा तानिएको छ । सरताकुमारी खतिवडालाई सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, भक्तिकुमारी मरासिनीलाई बाँणगंगा नगरपालिका कबिलवस्तु र चतनाथ गिरीलाई सुनवल नगरपालिका नवलपरासीमा पठाइएको छ । यमकान्त पाण्डेलाई मुख्यमन्त्रीको कार्यालय लुम्बिनी, मुकुन्द शर्मालाई देवचुली नगरपालिका पूर्वी नवलपरासी, विष्णुप्रसाद भुसाललाई बुटवल उपमहानगरपालिका, टेककुमार रेग्मीलाई मेचीनगर नगरपालिका झापा, महेश पराजुलीलाई संघीय मामिलाको अतिरिक्त समूह र वेदराज फुयलललाई जितपुर सिमरा नगरपालिका बारामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ ।

शम्भु ठाकुरलाई गौशाला नगरपालिका महोत्तरीको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

त्यस्तै अधिकृत कृष्णानन्द सिंहलाई अर्नमा गाउँपालिका सिरहाबाट राष्ट्रिय योजना आयोगमा ल्याइएको छ । द्रोपतीकुमार यादवलाई जिल्ला समन्वय समिति सिरहाबाट अर्नमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । उमेश महतोलाई बलरा नगरपालिका सर्लाहीबाट पकाह मैनापुर गाउँपालिका पर्सामा सरुवा गरिएको छ ।

माइजोगमाई गाउँपालिकामा हाजिर गर्न नपाएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल जिल्ला समन्वय समिति पाँचथर पुगेका छन् । कुमार बस्नेतलाई माईजोगमाई गाउँपालिका इलाममा लगिएको छ भने रेवतबहादुर बुढाथोकीलाई रुकुमपूर्वको सिस्ने गाउँपालिकामा पठाइएको छ ।

टेक बहादुर बुढथापा काभ्रको बेथानचोक गाउँपालिका, बेथानचोकका खेमराज छिनाल नुवकोटको तादी गाउँपालिका, राजेन्द्र कार्की मकवानपुर गढी गाउँपालिका, महेश राईलाई खोटाङको खोटेहाङ गाउँपालिका र मधुकरकुमार साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

हुमलाल भुसाललाई सुस्ता गाउँपाकिला नवलपरासी, बुद्धप्रकाश पौडेललाई मुख्यमन्त्रीको कार्यालय गण्डकी, नागेनद्र यादवलाई लक्ष्मिनिया गाउँपालिका धनुषा, रामउदागर अधिकमारीलाई मुख्यमन्त्रीको कार्यालय मधेश र कृष्णप्रसाद ज्ञवालीलाई इश्मा गाउँपालिका गुल्मीमा सरुवा गरिएको छ ।