close

पालिकाबासीलाई आयुर्वेदसँग जोड्न आयुर्वेद शाखा

पालिकाबासीलाई आयुर्वेदसँग जोड्न आयुर्वेद शाखा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिकाले पालिकाबासीलाई आयुर्वेदसँग जोड्न छुट्टै आयुर्वेद शाखा सञ्चालन गरेको छ । शाखाले पालिकाबासीलाई नि:शुल्क आयुर्वेदक सेवा उपलब्ध गराउने गरेको छ । 

शाखाले मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका दुईओटा आयुर्वेदक संस्थाबाट सेवा उपलब्ध गराउने गरेको आयुर्वेद शाखाका वरिष्ट कविराज निरिक्षक भरत रायले बताए । ‘स्थानीयले संस्थामा गएर डाइग्नोसिस गरेर रोग पत्ता लगाइसकेपछी रोग अनुसारको औषधी उपलब्ध गराउँछौँ’ पालिकाभित्र सञ्चालित संस्थाबाट पालिकाले आयुर्वेदिक औषधी खरिद गर्ने गरको उनले पालिकाखबरलाई सुनाए । पालिकाभित्र नै आयुर्वेदिक औषधी उत्पादन भने हालसम्म नभएको उनले जानकारी दिए । 

मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । उनको अनुसार शाखामा संघीय सशर्त अनुदान पनि उपलब्ध हुने गरेको छ ।