close

इच्छाकामना आधारभूत अस्पताल सञ्चालनमा

इच्छाकामना आधारभूत अस्पताल सञ्चालनमा

Trulli
ADVERTISEMENT

चितवन- इच्छाकामना गाँउपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना-४ स्थित १५ शय्याको अस्पतालले शुक्रबार सेवा सुरु गरेको हो । 

अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले अस्पतालको सेवाबाट इच्छाकामनाका जनतासँगै तनहुँ, गोरखा र धादिङका सेवाग्राहीहरु पनि लाभान्वित हुने विश्वास व्यक्त गरे । जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न आवश्यक रहेको औंल्याए । 

अत्याधुनिक सेवासहितको अस्पतालको रुपमा विकास गर्न मन्त्रालय सधैं तयार रहने उनको भनाइ थियो । अस्पतालले हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँचमा पुराउने समेत उनको विश्वास छ । मन्त्री जोशीले विपन्न, असहायलाई सहज, सुलभ र सरल स्वास्थ्य सेवा दिन आग्रह पनि गरे । इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालको रुपमा नामकरण गरी सेवा प्रारम्भ गरिएको हो । 

हाल अस्पताल सञ्चचालनका लागि प्रदेश सरकारले १३ लाख रुपैयाँ उपलब्ध गराएको छ । अस्पतालमा २ चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।