close

म्याग्देमा १० शय्याको अस्पताल

म्याग्देमा १० शय्याको अस्पताल

Trulli
ADVERTISEMENT

तनहुँ- म्याग्दे गाउँपालिका–४ मनहरीमा म्याग्दे गाउँपालिकाले १० शय्याको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ । 

उक्त पालिकाले छ करोड ५० लाखको लागतमा साढे दुईतले भवन निर्माण गरेको हो । अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ । पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ । 

यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।  म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।