close

अर्जुनधारामा आज पनि विदा

अर्जुनधारामा आज पनि विदा

Trulli
ADVERTISEMENT

झापा– अर्जुनधारा नगरपालिकाले आज स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले दशैको अवसरमा शुक्रबार स्थानीय पर्व विदा दिएको एक सूचनामार्फत जनाइएको छ । 

सूचनाका अनुसार कार्तिक ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुरुप विदा दिएको हो ।  विदामा नगरपालिकाअन्तर्गत कार्यालय, विद्यालय तथा संस्थाहरु बन्द हुने सो सूचनामा उल्लेख गरिएको छ । 

तर शनिश्चरे अस्पतालको आकस्मिक सेवा तथा बर्थिङ्ग सेन्टर सञ्चालनमा रहनेछन् । नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय तथा अन्र्गतका निकायहरुमा स्थानीय विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिए ।