close

विदेशी पाहुनाको शिरमा नगरप्रमुखको भादगाउँले टोपी

विदेशी पाहुनाको शिरमा नगरप्रमुखको भादगाउँले टोपी

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकामा आएका घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधिलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाइदिएर स्वागत गरेका छन् । 

भक्तपुर भ्रमणमा आएका उनीहरूलाई भक्तपुर नगरपालिकाले स्वागत गर्दै नगरपालिकाले भेटवार्तासमेत गरेको छ । भेटको क्रममा नगरप्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा गरिरहेको अभ्यासबारे अवगत गराएका छन् ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका पुरातात्त्विक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण नगर भएको बताउँदै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनः निर्माण कार्य विदेशीहरूको सहयोगबिना जनस्तरबाट सम्पन्न गर्न सफल भएको बताए । 

भक्तपुर किसानहरूको बाहुल्यता भएको नगर भएको बताउँदै भक्तपुर नगरपालिकाले किसानहरूलाई लक्षित गरी तालिम सञ्चालन, उन्नत जातका बीउ बिजन वितरण, मल वितरणलगायतका गतिविधिलाई निरन्तरता दिँदै आएको प्रतिनिधिहरूलाई जानकारी गराए । 

बाओबाबका प्रमुख थियोडोरा पिउस लिंगोले नेपाल र नेपालीहरूको अतिथि सत्कारबाट अत्यन्त प्रभावित भएको बताउँदै भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै जनताको सेवा गर्ने कार्य संसारका अन्य सहरहरूको लागि समेत प्रेरणा दिने गर्ने विचार व्यक्त गरे ।