close

विश्वका ५५ सिर्जनशील सहरको सूचीमा काठमाडौं

विश्वका ५५ सिर्जनशील सहरको सूचीमा काठमाडौं

Trulli
ADVERTISEMENT

काठमाडौं- विश्वका ५५ सिर्जनशील सहरमा नेपालको काठमाडौं परेको युनेस्कोले जनाएको छ । 

युनेस्कोको ‘सिर्जनशील सहर संजाल’ले विश्व सहर दिवसको अवसर पार्दै मंगलबार काठमाडौंलाई सिर्जनशील सहरको सूचीमा राखेको हो।

युनेस्कोले विश्वभरका सहरलाई सातवटा रचनात्मक क्षेत्रहरुमा विभाजन गरेको थियो– शिल्प र लोककला, डिजाइन, चलचित्र, खाना, साहित्य, मिडिया कला र संगीत।

सञ्जालमा जोडिएकामध्ये काठमाडौं ५ वटा सहर चलचित्र विद्यामा छानिएका हुन् । फिल्मकै सूचीमा नाइजेरियाको असाबा, अर्जेन्टिनाको भिसेन्ट लोपेज, मोरोक्कोको वरजाजात र ब्राजिलको पेनेडो सहर परेका छन्।

छनौट भएसँगै चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योग सञ्चालन गर्नका लागि आवश्यक नीति, अनुसन्धान र विकासका लागि काठमाडौं क्रियटिभ आर्ट काउन्सिल स्थापना गर्ने काठमाडौं महानगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।