close

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई सरुवा गरी महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाउने निर्णय गरेको हो । 

पछिल्लो समय महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र अधिकारीबीच सम्बन्ध बिग्रेको थियो । शाहले अधिकारीलाई जसरी पनि महानगरबाट सरुवा गर्न चाहेका थिए । 

महानगर अन्तर्गतको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्त गर्ने विषयमा कार्यपालिकाले गरेको निर्णय किर्ते गरेको आरोप अधिकारीमाथि लागेको छ । 

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। अधिकारी योबीचमा बिदामा बसेका थिए।