close

खैरहनी नगरपालिका लगातार जिल्ला प्रथम

खैरहनी नगरपालिका लगातार जिल्ला प्रथम

Trulli
ADVERTISEMENT

चितवन- स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा खैरहनी नगरपालिका जिल्ला प्रथम भएको छ । जिल्लाका ७ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहले संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिक गरेकामा खैरहनी प्रथम भएको हो । 

नगरपालिका दोस्रो पटक लागतार जिल्ला प्रथम हुन सफल भएको नगरप्रमुख शशिकुमार बानियाले बताए । नगरप्रमुख बानियाले जनप्रतिनिधिको योजना र कर्मचारी सकृयताका कारण स्थानीय तह क्षमता विकास स्वमूल्यांकन बर्सेनि जिल्ला प्रथम भएको बताएका छन् ।  

संस्थागत क्षमता स्वमूल्यांकनमा प्रथम भएको खैरहनीले ९८.५ प्रतिशत अंक पाएको छ । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्ने गर्छन् ।

संस्थागत क्षमता स्वमूल्यांकनमा रत्ननगर नगरपालिका दोस्रो भएको छ । रत्ननगरले आफुलाई संस्थागत क्षमता स्वमूल्यांकनमा ९८ प्रतिशत अंक दिएको छ । कालिका नगरपालिकाले आफुलाई ९१.५ प्रतिशत दिएको छ भने भरतपुर महानगरपालिकाले स्वमूल्यांकनमा ८७.२५ प्रतिशत दिएको छ ।