close

बित्थडचरिकाे लिजामा सुधार

बित्थडचरिकाे लिजामा सुधार

Trulli
ADVERTISEMENT

बझाङ– बित्थडचरि गाउँपालिकाले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) सार्वजनिक गरेको छ । गाउँपालिकाले गत वर्षको भन्दा चालू आर्थिक वर्ष २०७९/८०  लिजाको नतिजामा सुधार गरेको छ ।

गाउँपालिकाले अघिल्लो वर्ष २०७८/२०७९ मा ४४. २५ प्रतिशत अंक प्राप्त गरेको थियो भने आर्थिक वर्ष २०७९/८०का लागि लिजामा ६०.२५ प्रतिशत अंक ल्याएको अध्यक्ष अमरसिंह महरले बताए ।

गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७९/८० मा सुधार देखिएको अध्यक्ष महरले पालिकाखबरलाई जानकारी दिए । निर्धारित समयमा सबै काम गर्दै जाँदा लिजामा सुधार भएको अध्यक्षले सुनाए ।

 

विभिन्न १० वटा विषय क्षेत्रमा १०० वटा सूचकका आधारमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्क गर्ने गरेको अध्यक्षले बताए ।