close

रिसर्च साइट बनाउन ‘तमानखोला अध्यक्ष फेलोसिप तथा रिसर्च कार्यक्रम’

रिसर्च साइट बनाउन ‘तमानखोला अध्यक्ष फेलोसिप तथा रिसर्च कार्यक्रम’

Trulli
ADVERTISEMENT

बागलुङ– तमानखोला गाउँपालिकाले स्नातक तथा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर ‘तमानखोला अध्यक्ष फेलोसिप तथा रिसर्च कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ‘तमानखोला अध्यक्ष फेलोसिप  तथा रिसर्च कार्यक्रम सञ्चालन कार्यविधि, २०७७’ तयार गरेर कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

 सो कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले आफ्नो थेसिस पूरा गर्न गाउँपालिकालाई रिसर्च साइट बनाउनुपर्ने पालिकाका सुचना अधिकारी तिलबहादुर छन्त्यालले बताए । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै रितपूर्वक अनुसन्धान प्रस्ताव पेश गर्न तीस दिनभित्र प्रस्ताव पेश गरेको छ । अनुसन्धान प्रस्ताव स्विकृत भएमा कार्यविधिले तोकेको अनुसार अनुसन्धनका लागि रकमसमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका विकट र टाढा रहेकाले विद्यार्थीहरु अनुसन्धानका लागि नआएकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको पालिकाका सुचना अधिकारी छन्त्यालले बताए । हाल गाउँपालिकाको सामाजिक विकास तथा सामाजिक सेवाका क्षेत्रमा अध्ययन गर्न प्रेरित गरिरहेको उनले जानकारी दिए । 

‘लुकिरहेका कुराहरु पत्ता लाग्यो भने पालिकालाई तथ्यमा आधारित भएर शिक्षा, स्वास्थ्य क्षेत्रका कार्यक्रम बनाउन सहज हुन्छ भनेर कार्यक्रम सञ्चालनमा ल्याएको हो,’ उनले पालिकाखबरसँग भने । 

गत वर्ष पब्लिक हेल्थमा स्नातक गरिरहेका दुईजना विद्यार्थीले रिसर्च गरेका थिए । यस वर्ष थप दुईतीन जना विद्यार्थीले गाउँपालिकालाई रिसर्चसाइट बनाएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रम प्रभावकारी भएमा थप बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।